पाथिभरा (मुक्कुम्लुङ) देवीको दर्शन

पूर्वको र नेपालकै पवित्र तीर्थस्थल पाथिभरा जुन हामी लिम्बुहरुको पवित्र मुक्कुम्लुङको तीर्थाटन गर्ने अवसर जुर्यो । सो भ्रमण २०८१ चैत्र २६ का दिन गरिएको थियो । भ्रमण दलको सदस्यमा मेरो परिवार; हामी दुइ र छोरी अनि हाम्रा आदर्णिय दाइ राजु के.सि. को परिवार थियो । यो हाम्रो समुहमा ताप्लेजुङ हाङ्पाङ बस्नुहुने दाइ ललित याक्सो थपिनु भयो ।

मन्दिर ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका अन्तर्गत वडा नं १० उत्तर-पूर्वमा अवस्थित छ । समुद्र सतहबाट ३७९४ मिटरमा रहेको मन्दिर पुग्न काफ्लेपाटीबाट ४.७५ किलोमिटर हिंड्नु पर्छ । काफ्लेपाटीसम्म ताप्लेजुङ बजारबाट जीपहरु लाग्ने रहेछ । तर आफ्नै गाडी अथवा रिजर्व गरिएको छ भने काफ्लेपाटीसम्म जान नदिने रैछ त्यसैले ताप्लेजुङ बजारबाट त्यहीको लोकेल गाडी नचढि नहुने रहेछ ।